जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

एटुजेड समाचार

काठमाडौं – जापानमा सोमबार निरन्तर भूकम्प गएसँगै सुनामीको चेतावनी दिइएको छ । भूकम्पमध्ये मध्य जापानको नोटो क्षेत्रमा एउटा ७.६ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।

भूकम्पपछि सुनामी आउनसक्ने र पानीको सतह पाँच मिटरसम्म पुग्न सक्ने जापानको सार्वजनिक प्रसारक एनएचके टिभीले उल्लेख गरेको छ ।

सुनामीका कारण मानिसहरूलाई अग्लो स्थान वा भवनमा चढ्न आग्रह गरिएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सुनामीले क्षति पुर्‍याउनसक्ने क्षेत्रका बासिन्दालाई खाली गर्न आह्वान गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू