पीडितलाई १० लाख दिएर समस्या समाधान हुँदैन, गल्ति गर्नेलाई कारबाही गर्नुपर्छ : चित्रबहादुर केसी

एटुजेड समाचार

काठमाडौं – सांसद चित्रबहादुर केसीले पीडितलाई १० लाख दिएर समस्या समाधान नहुने बताएका छन्।  दुई जना युवकको प्रहरीको गोलि प्रहारबाट हत्या भएपछि छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा उनले परिवारलाई राज्यले रेखदेश गर्नुपर्ने बताएका हुन्।

उनले एउटा घटना हुन थालेपछि आयोग बनाएर छानबीन गरेपनि प्रतिवेदन कार्यान्वयन हुन नसकेकोप्रति ध्यान दिन आग्रह गरे। उनले भने,‘हात्ती आयो हात्ती आयो फुस्सा नहोस्। दोषीलाई कारबाही होस्।’

उनले युवालाई रोजगारी दिन नसक्नु राज्यको कमजोरी भएको उल्लेख गरे। उनले नयाँ युवाको आक्रोशलाई उठाएर धमिलो पानीमा माछा टिप्ने खेल हुन सक्ने आशंका गरे। उनले गणतन्त्र, लोकतन्त्रप्रति किन प्रहार भइरहेको अध्ययन गर्नु आवश्यक भएको बताए। उनले प्रश्न गरे,‘ लोकतन्त्र र गणतन्त्र त ल्यायौं तर नेपाली जनताले के पाए ? गम्भीर हुनुपर्छ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू