निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै जनमतका अध्यक्ष राउतसहित ५१ जना पक्राउ

एटुजेड समाचार

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेता कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन्। सरकारले निषेधित क्षेत्र तोकेको स्थलमा प्रदर्शन गर्ने ५१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले जानकारी दिए।

‘राष्ट्रिय धोती दिवस’ को अवसरमा आयोजित र्‍याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि ४७ जना पुरुष र ४ जना पक्राउ परेका हुन्। प्रदर्शनको क्रममा सिंहदरबार-माइतिघर-बानेश्वर क्षेत्रको सवारी सवारी आवागमन प्रभावित बनेको थियो।

पक्राउ परेकाहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । सरकारले माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू