लायन्स-लियोद्वारा वृहत् रक्तदान तथा मधुमेह परिक्षण सिविर आइतबार देवघाटमा सम्पन्न

एटुजेड समाचार

तनहुँ – रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै लायन्स-लियोले वृहत् रक्तदान तथा मधुमेह परिक्षण सिविर आइतबार देवघाटमा सम्पन्न गराएका छन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५आर नेपाल कलस्टर ५ अन्तर्गतका क्लबहरुले संयुक्तरुपमा आयोजना भएको शिविर लाई भरतपुर ब्लड बैंकले प्राविधिक सहयोग गरेको थियो ।

महिलापुरुष ४९ जनाले रक्तदान गरेको सो कार्यक्रमका लागि प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ आर नेपालका प्रथम भाइस डिष्ट्रिक गभर्नर एमजेएफ लायन दिननाथ न्यौपानेले सेवाको क्षेत्रमा समर्पित लायन्स क्लबले रक्तदानको कार्यक्रम राखेकोमा धन्यवाद दिदै चितवन र छिमेकी जिल्लहरुमा भएको रगत अभावलाइ केही हदसम्म पूरा गर्न सक्ने बताए ।

कलस्टर ५ का कलस्टर चिफ एम जे एफ लायन पुरन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउपालिकाका अध्यक्ष तिर्थ बहादुर थापा, लायन्स क्लब इन्टरनेशनल ३२५ आर नेपालका सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर एम जे एफ लायन नवराज सापकोटा, पूर्व डिष्टृक गभर्नर एम जे एफ लायन राजकुमार श्रेष्ठ ,डिष्ट्रिक एक्ज्युकेटिभ चिफ एम जे एफ लायन राजेन्द्र गौतम , एम जे एफ लायन प्रभाकर पण्डित, लायन कमल श्रेष्ठ, पी एम जे एफ लायन दिपेन्द्र खतिवडा, डिष्टृक एक्ज्युकेटिभ को- चिफ एम जे एफ लायन बालगोपाल चुके, लायन ऋषि प्रसाद पौडेल, एम जे एफ लायन सिआर कंडेल, लायन नारायण प्रसाद सापकोटा, डिष्ट्रिक चिफ एम जे एफ लायन रामजी पौडेल, रिजन चियरपर्सन लायन कृष्ण बहादुर भण्डारी, जोन ३६का जोन चियर पर्सन लायन हरिप्रीया रिजाल, जोन चियर पर्सन लायन आनन्द पौडेल, जोन चियर पर्सन लायन धर्मदत्त दवाडी, लगायत २५ वटा क्लब र तीन वटै लीयो क्लबका अध्यक्षहरूको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सहजीकरण कलस्टर नं ५ का कलस्टर सचीव तथा रिजन १७का रिजन चियर पर्सन लायन गोविन्द अर्यालले गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू