´बिगबजार नेपाली जुत्ताघर` मा नयाँ बर्षको अफर : १५ देखि ४० प्रतिशतसम्म छुट

एटुजेड समाचार

चितवन – नारायणगढको बिगबजारमा सन्चालित “बिगबजार नेपाली जुत्ताघर” ले नयाँबर्ष २०२४ को अवसरमा जुत्ताचप्पल खरिदमा ४० प्रतिशतसम्म छुट अफर ल्याएको छ ।

जुत्ता घरमा लेडिज र जेन्स दुबैका लागि आवश्यक सबै प्रकारका जुत्ताचप्पल खरिदमा १५ देखी ४० प्रतिशतसम्म छुट अफर ल्याएको हो ।

नेपालमा उत्पादन भएका नेपाली ब्राण्डका जुत्ताचप्पल आम उपभोक्ताहरुले प्रयोग गर्नुपर्छ र सबै नेपालीका खुट्टामा नेपालमै उत्पादित नेपाली ब्राण्डका जुत्ताचप्पल हुनुपर्छ भन्ने उदेश्यले जुत्ताघरले नयाँबर्षमा छुट अफर ल्याएको नेपाल फुटवेयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष एवं बिगबजार नेपाली जुत्ताघरका संयोजक नानीराज घिमिरेले बताए ।

No description available.

उनले सो अफरले नेपाली जुत्ताचप्पलको संरक्षण र प्रोत्साहन पनि हुने र नयाँ जुत्ता किन्नेहरुले नेपाली जुत्ता लगाएर स्वदेशी उत्पादनलाई माया गरुन भन्ने उदेश्यका साथ हरेक जुत्ताचप्पलमा १५ देखी ४० प्रतिशतसम्म छुट अफर राखिएको बताए । यो अफर १ महिना सम्म रहने छ ।

त्यस्तै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आमउपभोक्ताहरुलाई सेवा दिनुका साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने प्रमुख लक्ष्यका साथ नयाँ बर्षमा अफर राखिएको नेपाली जुत्ता उद्योगी समुहका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

जुत्ताघरले सुरुवातदेखी नै सुपथ मुल्यमा गुणस्तर जुत्ताचप्पल बिक्री गरिराखेको नै थियो तर पनि नयाँ बर्षमा परिवारका सबै सदस्यहरुले एकै ठाउँबाट सुपथ मुल्यमा जुत्ताचप्पल खरिद गरुन् भनेर हामीले बिशेष छुट राखेका हौं, उनले भने ।

No description available.

सबै नेपालीले नेपाली जुत्ताचप्पललाई माया गरेमा स्वेदशी उत्पादनले विदेशबाट आउने आयातलाई रोक्नुका साथै स्वदेशी उत्पादनबाटै आत्मनिर्भर बन्न सकिने उनको भनाइ छ ।

नेपाली जुत्ता उद्योगी समुहले नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु संरक्षण र प्रोत्साहन गर्ने उदेश्यले यही पुष ४ गतेबाट चितवनमा पहिलो पटक “बिगबजार नेपाली जुत्ताघर” सन्चालनमा ल्याएको थियो ।

जुत्ताघर सन्चालनमा ग्राहकहरुले बिगबजारको २१ वटा शटरमा एउटै छानामुनी स्वदेशी ७ कम्पनीको नेपालमा सर्वाधिक रुचाईएका जुत्ता चप्पल फस्र्ट वाक, डिजे शु, बि एफ डियर हिल शु, क्रस रोड शु, स्मार्ट शु, रन शु र टुरिष्ट शु का १५ भन्दा बढी ब्राण्ड र ३ हजार भन्दा बढी मोडलका जुत्ताचप्पलहरु पाउन सक्नेछन् । जस्ले गर्दा ग्राहकहरुले आफुलाई मनपर्ने ब्राण्ड एवम् मोडलका जुत्ताचप्पलहरु छानीछानी किन्न सक्नेछन् ।

No description available.

यस समुहले चितवनसहित देशका अधिकांस शहरहरुमा शाखा सन्चालन गरिसकेको छ भने अन्य ठाउँहरुमा पनि शाखा सन्चालन गर्ने तयारी गरिरहेको छ । जसअन्तर्गत पहिलो स्वरुम २०८० बैशाख १ बुटवलमा, दोस्रो स्वरुम श्रावण ५ गते पोखरामा, तेस्रो स्वरुम भदै १४ गते जनकपुरमा, चौथो स्वरुम कात्तिक १५ गते काठमाडौंमा, पाचौँ स्वरुम मंसिर १३ गते सात दोबाटो ललितपुर स्थित सेल्सभेरी हुँदै छैठौं शाखाको रुपमा पौष ०४ गतेबाट चितवनको नारायणगढ स्थित बिगबजारमा शोरुम शुभारम्भ गरेको हो ।

No description available.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू