जिल्ला अदालतको फैसलामा सन्दीपकाे असन्तुष्टि, उच्चमा पुनरावेदन गर्ने

एटुजेड समाचार

काठमाडौं –  काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् । बलात्कार मुद्दामा अदालतले हिजो उनलाई दोषी ठहर गरेको थियो ।

फैसलाबाट सन्दीप स्तब्ध बनेको पारिवारिक स्रोतले बताएको छ । उच्च अदालतले फैसला सच्याउने उनले आशा राखेका छन् ।

पारिवारिक स्रोतले फैसला अप्रत्याशित र अस्वभाविक रहेको प्रतिक्रिया दियो । सन्दीपका कानून व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन् ।

`न्यायालयको हामी सम्मान गर्छौं तर फैसला चित्तबुझ्दो छैन,´ सन्दीपका एक कानून व्यवसायीले भने, `माथिल्लो अदालतबाट न्याय पाउने आशा छ ।´

सजाय निर्धारणपश्चात छिटो फैसलाको पूर्णपाठ आउने अपेक्षा रहेको उनको भनाइ छ ।

Forbes

`पूर्णपाठ प्राप्त हुनासाथ पुनरावेदनको प्रक्रियामा जाने तयारी भएको छ ।´ उनले भने ।

कानूनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्छन् । उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्दैन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु