रूपन्देहीमा सात वर्षीया बालिकाको हत्या

एटुजेड समाचार

रूपन्देही – रूपन्देहीमा सात वर्षीया बालिकाको हत्या भएको छ । मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो ।

कुर्मी हिजोदेखि हराएकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे  अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू