दुई दिन सार्वजनिक बिदा ब्युँताइयो

एटुजेड समाचार

काठमाडौं – सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साविकको बिदामा दुई दिन थप गरेको जानकारी दिइन् ।

“साविकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको छ,” उनले भनिन् ।

यी दुई बिदा पहिले दिने गरिएकोमा हटाइएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू