बालकुमारी घटनामा थप एक युवकको मृत्यु

एटुजेड समाचार

काठमाडौं –  बालकुमारी घटनामा थप एक युवकको मृत्यु भएको छ।

पाटन अस्पतालमा उपचाररत युवकको मृत्यु भएको प्रहरीले स्रोतले जनाएको छ। मृतक युवकको पहिचान खुलेको छैन। प्रदर्शनकाे क्रममा गम्भीर घाइते भएका    युवकलाई पाटन अस्पताल लगिएकाे  थियाे । उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । यसअघि   अर्का घाइतेकाे किस्ट अस्पतालमा मृत्यु भएकाे  थियाे ।

आज बिहानैदेखि  कोरियन भाषा परीक्षा दिन बञ्चिच   युवाहरुले बालकुमारीमा  प्रदर्शन गरेका थिए । साेही क्रममा आक्राेशित युवाहरु  भाैतिक  पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे गाडीमा  आगजनी गरेकाे थियाे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू