चितवन – भरतपुर ११ स्थित युनाइटेड टेक्निकल कलेज (युटेक) मा दुई दिने ‘टेक फ्युजन’ कार्यक्रम सुरु भएको छ । युनाइटेड टेक्निकल कलेज भरतपुरसँगको सहकार्यमा युनाइटेड टेक क्लबले सूचना प्रविधिका विभिन्न विधामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
यसअघि ‘यु टेक ह्याकाथन अल्फा’ कार्यक्रम आयोजना गरिसकेको क्लबले अहिले भने क्याप्चर द फ्ल्याग (सीटीएफ), रोबो फुटबल र प्रोजेक्ट प्रदर्शनी लगायतका प्रतियोगिता गरिएको युनाइटेड टेक क्लबको भाईस प्रेसीडेन्ट प्रजुवल अधिकारीले बताए ।
कार्यक्रममा यातायात, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, ग्रामीण विकास, वैकल्पिक ऊर्जा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन, वित्तीय, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्र समेटिएको छ ।
युवा पिढीमा टेक्नोलोजी, विभिन्न किसिमका इनोभेटिक कामहरु सानै देखि गर्न सकिन्छ र त्यसमा सबै लाग्नु पर्छ भन्ने उद्देश्य राखी सो कार्यक्रम आयोजना गरिएको युनाइटेड टेक्निकल कलेजका प्रिन्सिपल केशवदत्त अस्तीले बताए ।
ती विषयमा सहभागीले आफ्नो विवेक, रचना तथा शैक्षिक संस्थाबाट सिकेका ज्ञानलाई प्रयोग गरी वास्तविक समस्याहरूको समाधानमा प्रोजेक्ट तयार पार्ने छन् ।