नारायणगढ – चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा युवा ब्यबसायी गोपाल भट्टाराई निर्बिरोध निर्वाचित हुनु भएको छ |बुधबार सम्पन्न बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशन बाट संथापक उपाध्यक्ष समेत रहेका भट्टाराईको नेतृत्वमा आगामी ३ बर्ष कार्यकालको लागि २१ सदस्य कार्यसमिति निर्वाचित भएको हो |
अध्यक्ष दीर्घ मान श्रेष्ठ को अध्यक्षता सम्पन्न अधिबेशनले उपाध्यक्षमा – रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिबमा – महेश तिवारी, सचिबमा – अर्जुन अधिकारी, कोषाध्यक्षमा -अनुषा पाठक, सह- कोषाध्यक्षमा – प्रकाष श्रेष्ठ, सदस्यमा – गगन लामा, शुकरानी लामा, शोभा गौतम, नबिन रिजाल , बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेन मान शाक्य, राम प्रसाद सुबेदी, प्रमिल न्यौपाने, बिशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी, पुरुशोत्तम कंडेल रहनु भएको छ |
कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन भाबी कार्ययोजना र आर्थिक प्रतिबेदन अनुमोदन गरिएको छ साथै देशको बर्तमान आर्थिक अवस्था, ब्यबसायीहरुले भोग्नु परेको समस्याका संदर्भमा ब्यबसायीहरुले आ-आफ्नो धारणा ब्यक्त गरेका थिए |
कार्यक्रमा बोल्दै संस्थापक अध्यक्ष समेत रहनु भएका अध्यक्ष दीर्घ मान श्रेष्ठले संस्था स्थापनाकाल देखि हाल सम्म नेपालमा चेम्बरले पुराएको योगदान चर्चा गर्दै र बर्तमान अवस्थामा ब्यबसायीलाइ धैर्यतापुर्बक आफ्नो ब्यबसायमा लग्न अनुरोध गर्नु भयो|
नवनिर्वाचित अध्यक्ष भट्टाराईले समस्या न्यूनीकरण र गुनासोलाई सम्बन्धित सरोकारवाला निकाय संग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्दै बैदेशिक रोजगारीका नाममा विदेश पलायन हुने युवाहरुलाई नेपालमै उधम तथा रोजगारीको बातावरण बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने समेत बताउनु भयो |
बुधबार नै नवनिर्वाचित अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको छ |बि.स – २०७५ सालमा चितवनमा स्थापित संस्थाले ब्यबसायिक हकहित, प्रवर्दन, ब्यबसायिक दक्षता बिकास सरोकार लगाएत विभिन्न क्षेत्रहरु मा कार्य गर्दै आएको छ |