यमनाथ पाण्डे स्मृति छात्रबृत्ति कोष स्थापना

एटुजेड समाचार

चितवन – स्व. यमनाथ पाण्डेको स्मृतिमा छात्रबृत्ति कोष २०८० स्थापना गरिएको छ । पाण्डे बन्धु सेवा प्रतिष्ठानमा रु ४ लाखको छात्रवृत्ति कोष स्थापना गरिएको हो ।

यस कोषबाट चितवन र गोरखा जिल्लाका सामुदायीक बिध्यालयका बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । यस कोषमा हरेक वर्ष रकम थपिने छ । हरेक वर्ष दुई जना बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

बिध्यार्थी छनोट गर्दा एक बिध्यार्थीलाई ५ वर्ष सम्म छात्रवृत्ति प्रदान गरिने छ । आर्थिक रुपमा बिपन्न बिध्यार्थी, बुबा, आमा वा दुबै नभएका, शारीरिक रुपमा अशक्त, अल्पसंख्यक , दलित, उत्पिडित समुदायलाई प्रथामिकता दिईने पाण्डेका छोरा गृह मन्त्रालयका सहसचिब भरतमणी पाण्डेले जानकारी दिए ।

कार्यक्रममा प्रितष्ठानका सल्लाहाकार रमेश पाण्डेले स्व. यमनाथ पाण्डेको जीवनी माथि प्रकाश पारे । पाण्डेको वि. सं. २०५१ सालमा ३८ वर्षको उमेरमा निधन भएको थियो । पाण्डेको निधन भएको ३० वर्ष पछि अक्षकोष स्थापना गरिएको हो ।

कोष आज देखि संचालनमा आएको हो । छात्रबृत्ति दिने बिद्यार्थीलाई यस कोषबाट प्रत्येक महिना रु एक हजार नगद, हरेक वर्ष दुईजोर बिध्यालय पोशाक, स्टेसनरी सामाग्री लगाएत उपलव्ध गराईने छ ।

गोरखा जिल्ला श्रीनाथकोट गाउँपालिका वडा नम्बर ७ मा जन्मनुभएका पण्डेले समाज परिवर्तनमा खेलेको भूमिका महत्वपूर्ण रहेको गोरखाका जिल्ला न्ययधिश तेजेन्द्र सापकोटाले बताए ।

पढ्न नपाएका बालबालिकाहरुलाई अध्ययनका लागि सहयोग गर्ने परिवारको पहल कदमिले शिक्षा क्षेत्रमा महत्वपूर्ण काम भएको उनले बताए ।

कार्यक्रममा कोषकी संरक्षक एवं स्वर्गीय पाण्डेकी श्रीमती हिरादेवि पाण्डे, गोरखाको श्रीनाथकोट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष निलवहादुर बस्नेत,बिरेन्द्र क्याम्पस नमुना टोल बिकास संस्थाका अध्यक्ष शेषराज सापकोटा, कोषका संरक्षक चुडामणी सापकोटा लगाएतले बोलेका थिए । स्व. पाण्डेका दुई छोरा, एक छोरी, छ जना नातिनातिनाहरु रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु