क्रिष्टल र कृतिका बने ‘मास्टर एण्ड मिस अंकुरम्’

एटुजेड समाचार

अंकुरम् एकेडेमीका कक्षा ८ का छात्र क्रिष्टल अघिकारी र कक्षा ४ की छात्रा कृतिका भट्टराई क्रमश: ‘मास्टर एण्ड मिस अंकुरम्’ बनेका छन्।

दुई हप्ता अघि शुरु भएको ‘अडिशन राउण्ड’ हुँदै ‘स्टेज राउण्ड’ सम्म आईपुग्दा तीसजना (छात्र: १५ र छात्रा: १५) प्रतिस्पर्धीहरुलाई पछी पार्दै कृष्टल अधिकारी (कक्षा ८) र कृतिका भट्टराई (कक्षा ४) ले उपाधि जित्दै ‘मास्टर एण्ड मिस अंकुरम्’ बनेका हुन । तीन चरण (‘र्याम्प वाक’, ‘ट्यालेन्ट राउण्ड’ र ‘जज राउण्ड’) पार गर्दै प्रतिस्पर्धीहरु’फाइनल राउण्ड’ सम्म आइपुगेका थिए ।

त्यसैगरी, ‘बेस्ट पर्सनालिटी अवार्ड’ सुभांश के.सी र श्रीदि कर्माचार्यले हात पारेका छन् भने सन शाक्य र आश्रिका बास्तोलाले क्रमश: ‘प्रमिसिंग पोटेन्सियल अवार्ड’ द्वारा विभूषित भएका छन्। जोएल वि. क. र अनिमा जमरकट्टेल ले उत्कृट र्याम्प वाक गरी ‘बेस्ट र्याम्प’ उपाधि जित्न सफल भएका छन् ।शिक्षकत्रय अर्जुन शर्मा, शुभेच्छा गुरुंग र रुपा भट्टराईको निर्णायक मण्डलले ‘मास्टर एण्ड मिस अंकुरम्’का विजेता र उप-विजेता घोषणा गरेका थिए।

विजेताहरुलाई गत वर्षका ‘मास्टर एण्ड मिस अंकुरम्’ ओजोन मान शाक्य र विभूति अधिकारीले ब्याज तथा ताज पहिर्याई दिएका थिए।
सह-प्राचार्य ओमराज मैनाली, प्राचार्य सुमन पौडेल, निर्देशक सरला पौडेल र विद्यालय निर्देशक नैम चौधरीले सम्पूर्ण विजेता तथा उप-विजेताहरुलाई ट्रफी, पुष्पगुच्छा आदि प्रदान गरेका थिए।
शिक्षक समीरचन्द्र कोइरालाले उक्त कार्यक्रम सन्चालन गरेका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू