चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले व्यवहारिक शिक्षालाई जोड दिएको बताउनुभएको छ ।भरतपुर १६ मा रहेको दुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयको ६४ अैा वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महानगरले विद्यार्थीलाई विद्यालय जाउ जाउ लाग्ने वातावरण निर्माणको कार्य गरिरहेको उल्लेख गर्नुभयो ।
महानगरपालिका प्रमुख दाहालले घोक्नते विद्याले मात्र विद्यार्थी ज्ञान नपुग्ने भएकाले हरेक शुक्रबार बिना किताब विद्यालय जाने नीति नियम बनाई कार्यान्वनमा कार्यान्वयन ल्याएको जानकारी दिनुभयो ।
शुक्रबारको दिन विद्यार्थीले अतिरिक्त क्रियाकलाप, विद्यालय सरसफाई, संस्कृतिक प्रतियोगिता, वादविवाद प्रतियोगितालगायतका क्रियाकलाप गरी व्यवहारिक ज्ञान आर्जन गर्ने बताउनुभयो ।भरतपुर महानगरको व्यवहारिक शिक्षासहित प्राविधि शिक्षा रहेको प्रमुख दाहालले सो अवसरमा जानकारी दिनुभयो ।
विस २०१७ सालमा आँपको रुख मुनिबाट अध्ययनको सुरुवात गरेको विद्यालय भरतपुरको नमुना सामुदायिक विद्यालय हो । विद्यालय एक हजार १० विद्यार्थी अध्ययन गर्ने गर्दछन् ।पश्चिम चितवनमा नमुना विद्यालयका रुपमा स्थापित यस विद्यालयले वार्षिकोत्सवको अवसरमा प्रमुख दाहालले गणित प्रयोगशालाको पनि उद्घाटन गर्नुभयो ।
विद्यालयले निकट भविष्यमा सामाजिक प्रयोगशाला निर्माण गर्ने लक्ष्य लिएको छ ।कार्यक्रममा भरतपुर महानगरपालिका वडा न १६ का अध्यक्ष अमृतराज हमाल, वडा न १७ का वडा अध्यक्ष ललितमान तामाङ, कार्यपालिका सदस्य गोपाल दराई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमा विद्यालयको शैक्षिक विकासमा योगदान पुराउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर हमालको अध्यक्षतामा भएको हो ।