नेवा समुदायको योमरी पर्वका अबसरमा शुभकामना आदानप्रदान

एटुजेड समाचार

चितवन – नेवा पत्रकार राष्ट्रिय दबू चितवन जिल्ला कार्यसमितिले पौष १० गते परेको योमरी : पुन्हीको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको छ । अनुज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका १ का वडा अध्यक्ष केशब महर्जनको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्ने बक्ताहरुले योमरी खानाको महत्त्वका बारेमा प्रकाश पारेका थिए । त्यस्तै योमरी बर्षाको समयमा मानो रोपेर मुरी उब्जाउने भएको हुँदा हिउँदको समयमा भकारीमा धान भित्र्याइने भएकोले चामलको परिकारबाट नै यमरी बनाउने प्रचलन छ । खासगरी यो खानामा सख्खर, चिनी, मह, खुदो जस्ता परिकारहरु राखेर तयार गरिन्छ । नेवा समुदायहरुको महत्त्वपूर्ण पर्वको रूपमा लिइने योमरी पर्व यही पौष १० गते मनाइदैछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू