युवाहरू देशमा नबस्नु ठूलो चुनौती : ओली

एटुजेड समाचार

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताएका छन् । आइतबार झुलाघाट–चिवाभञ्याङ यात्राबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले युवाहरूलाई देशमै बस्ने वातावरण बनाउनु चुनौती रहेको बताए ।

“सबैभन्दा ठूलो चुनौती युवाहरू देशमा नबस्ने र जनसंख्या नै बसाइँ सर्ने,” ओलीले भने, “युवाहरू नभएपछि अरु के गरेर बस्ने त्यहाँ ? खेती नभएपछि वन भइहाल्छ ।”

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताएका छन् । आइतबार झुलाघाट–चिवाभञ्याङ यात्राबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले युवाहरूलाई देशमै बस्ने वातावरण बनाउनु चुनौती रहेको बताए ।

“सबैभन्दा ठूलो चुनौती युवाहरू देशमा नबस्ने र जनसंख्या नै बसाइँ सर्ने,” ओलीले भने, “युवाहरू नभएपछि अरु के गरेर बस्ने त्यहाँ ? खेती नभएपछि वन भइहाल्छ ।”

उनले पार्टीका सभामा पनि युवाहरूको उपस्थिति ४० प्रतिशत मात्रै देखिएको बताए । “हाम्रा सभाहरूमा पनि युवाहरूको संख्या ४० प्रतिशत हो कि जस्तो । युवाहरू कमै देखिने,” उनले भने ।

उनले मध्यपहाडमा विकास, बाटो, खानेपानी पनि पु¥याइए पनि बसाइँसराइ भइरहेको बताए । मध्यपहाडमा अहिले भइरहेको गतिविधि रोक्न नसके देशको भविष्य नै अफ्ठ्यारोमा पर्ने बताए । “बसाइँ सर्दै जाने, त्यहाँको कारोबार कम हुँदै जाने हो भने देशको भविष्य अफ्ठ्यारोमा पर्ने देखिन्छ,” उनले भने ।

तथापि, मानिसहरू आशावादी रहेको उनले बताए । कृषिको आधुनिकरण र व्यवसायिकता कसरी गर्न सक्ने भन्ने छलफल गरिएको जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु