एमालेले पदयात्राबाट प्राप्त सुझावबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै

एटुजेड समाचार

काठमाडौँ– नेकपा एमालेले गरेको २१ दिने झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

एमालेले गत मंसिर १४ गतेबाट पुस १ गतेसम्म गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित यात्राका क्रममा प्राप्त सुझाव, देखिएका समस्यालगायतका बारेमा जानकारी दिन लागेको हो । समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिएर एमालेले सुदूरपश्चिमको झुलाघाटबाट पाँचथरको चिवाभन्ज्याङसम्म यात्रा गरेको थियाे ।

यसअघि पुस ५ गते नै गर्ने भनिएको पत्रकार सम्मेलन तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू