काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो फागुनसम्ममा प्रदेशलाई अधिकारसम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेशको पहिलो सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने माग उठेको उनले उल्लेख गरे । प्रदेश सरकारले राखेका माग पूरा गर्न आग्रह उनले आग्रह गरे ।

