फेसबुक मार्फत ब्ल्याक मेलिङ गरी ठगी गर्ने तीन जना चितवनमा पक्राउ

एटुजेड समाचार

चितवन – चितवनमा सामाजिक सञ्जाल मार्फत ब्लाक मेलिङ गरेर ठगि गर्ने तीन जना पक्राउ परेका छन् । अश्लिल भिडियो तथा फोटो बनाएर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिदिने धम्की दिँदै पैसा फिरौती माग्ने तीन जनालाई चितवन प्रहरीले भरतपुर महानगरपालिका वडा नम्बर १६ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका १३ का २० बर्षिय प्रवेश रिमाल, सिराहा स्थित लहान नगरपालिका १ का १९ बर्षिय युनिक सिंह, पोखरा महानगरपालिका २९का २२ बर्षिय अनुराग घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजयराज पण्डितले जानाकारी दिए ।

उनीहरुले अश्लिल भिडियोको आधारमा पैसा माग गर्ने र पैसा नदिएको खण्डमा भिडियो तथा फोटो सार्वजनिक गर्ने धम्की दिँदै आएका थिए । भिडियो कलगरी झुक्काएर गोप्य फोटो तथा भिडियोलाई स्कृन रेकर्ड तथा स्कृन सटगरी सो फोटो तथा भिडियो सार्वजनिक गर्ने भन्दै रकम फिरौती लिँदै आएको प्रहरिको भनाइ छ ।

महिलाको फेक फेसबुक अकाउण्ट बनाएर पुरुषसँग विभिन्न समयमा कुराकानी तथा अश्लिल भिडियो तथा फोटो पठाउने गरेको पण्डितले जानकारी दिए । उनीहरुले कास्कीमा बस्ने मानिसहरुलाई समेत ब्याक मेलिङ प्रहरीले बताएको छ । उनीहरुले फिरौती लिएको ७६ हजार रुपैयाँ र चार थान मोबाईल समेत बरामद गरेको चिवतन प्रहरीले जानकारी दिएको छ

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू