चितवन – चितवनमा देखिएकाे रगतकाे चरम अभावलाई मध्यनजर गर्दै राष्ट्रिय युवा संघ नेपाल, भरतपुर महानगर कमिटीद्वारा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा रगतको अत्याधिक माग भैरहेको अवस्थामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
नेकपा(एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्याैपानेकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिवाट रक्तदान सहित कार्यक्रम उद्घाटन गरिएकाे थियाे। रक्तदान कार्यक्रमा एक सय जनाले रक्तदान गरेको युवा संघका केन्द्रिय सदस्य शंकर अधिकारीले बताए ।
सप्तगण्डकी चाेकमा भएकाे उक्त कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगरकमिटी अध्यक्ष राम कार्कीकाे अध्यक्षतामा सम्पन्न भएको हो ।