काठमाडौं – दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले विश्व कीर्तिमान बनाएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको त्रिविको ४९ औँ दीक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थी दीक्षित गरेसँगै विश्व कीर्तिमान कायम गरेको हो ।विश्वका कुनैपनि विश्वविद्यालयको दिक्षान्त समारोहमा भौतिक रुपमा यति धेरै विद्यार्थी उपस्थित भएका थिएनन् ।
