एनसेलले सेयर खरिद बिक्रीको विवरण अझै बुझाएन

एटुजेड समाचार

काठमाडौं – निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो सेयर खरिद बिक्री सम्बन्धी भएको विवरण अझै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छैन ।

एनसेलले मंसिर १९ मा प्राधिकरणलाई एक पत्र पठाउँदै सम्पूर्ण कागजात संकलन गरेर चाँडै नै सेयर खरिद बिक्री स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेश गर्ने भनेको थियो ।

पुस १ गतेसम्म एनसेलले प्राधिकरणमा कुनै कागजात बुझाएको छैन । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आइतबारसम्म एनसेलले कुनै विवरण नपठाएको बताए । एनसेलको मूख्य कम्पनी आजियाटाले डिसेम्बर १ मा आफ्नो सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो ।

एनसेलको ८० प्रतिशत सेयर रेनोल्ड होल्डिङ्को नाममा छ भने २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ । मलेसियन कम्पनी आजियाटाको बेलायती कम्पनी आजियाटा युके लिमिटेड अन्तर्गत रेनोल्ड होल्डिङ्स रहेको थियो ।आजियाटा युके लिमिटेडले नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई रेनोल्ड होल्डिङ्स बिक्री गरेको हो । यो खरिद बिक्री प्रकरणमा अस्वाभाविक मूल्य र प्रक्रियाले विवाद चुलिएपछि अहिले सरकारको उच्चस्तरीय समितिले पनि छानबिन गरिरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू