काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थ बेचबिखन गर्न लगाएको रोक कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ ।
पाटन उच्च अदालतले शुक्रबार उक्त आदेश गरेको प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले श्रीराम टोबागोले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको हो ।