सत्ता गठबन्धनमा प्रदेशको माग सम्बोधनबारे छलफल

एटुजेड समाचार

काठमाडौं – सत्ता गठबन्धनमा प्रदेश सरकारहरुको माग सम्बोधनबारे छलफल भएको छ ।

सातवटै प्रदेशका गृहमन्त्रीहरुले तत्काल प्रहरी समायोजन गर्न संघीय सरकारलाई दबाब दिएका छन् भने मधेश प्रदेशका नेताहरुले आइतबार मात्र शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराएका थिए ।

त्यसको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका नेताहरुको बैठक बोलाएका थिए ।

बालुवाटारमा भएको छलफलमा प्रदेश सरकारहरुको माग सम्बोधनबारे छलफल भएको थियो । ‘फेरि छलफल गर्ने कुराकानी भएको छ’ एक नेताले भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू