संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

एटुजेड समाचार

काठमाडौं – संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । पदावधि ८ महिना बाँकी रहँदै गौतमले आइतबार साँझ राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

राजीनामाको कारण प्रष्ट पारिएको छैन । उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू