अक्सफोर्ड कलेज र जापानको आइ म्याक इन्जिनियरिङ कम्पनी बिच रोजगार सम्झौता

एटुजेड समाचार

नवलपुर – अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट र जापान स्थित आइ म्याक इन्जिनियरिङ कम्पनी बिच बार्षिक आवस्यक संख्यामा (OJT) का लागि बिद्यार्थी लैजाने सम्झौता भएको छ ।

एक महिना अघि आफू जापान जाँदा त्यहाँको आइ म्याक इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेको अक्सफोर्ड कलेजका प्रीन्सिपल हरि भण्डारीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । सम्झौताको एक महिना पछि आइ म्याक कम्पनिका सि इ यो यामागुची यासिहितो नेपाल आउदा कलेजमै पत्रकार सम्मेलन राखि पत्रकारहरुलाइ जानकारी दिइएको उनी बताउछन् ।

अक्सफोर्ड कलेजमा अध्ययन गरी इन्जिनीयरिङ उत्तीर्ण गरेका इच्छुक बिद्यार्थी जापान स्थित आइ म्याक इन्जिनियरिङ कम्पनीमा (OJT) का लागि निःशुल्क जान सक्नेछन् । त्यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन । जापान जान इच्छुक विद्यार्थीलाई कलेजमै भाषा शिक्षाको पनि व्यवस्था रहेको प्रीन्सिपल भन्डारीको भनाइ छ ।


यसले इन्जिनियरिङ पास गरेका विद्यार्थीलाई जापानमा गइ इन्जिनियरिङ बिषयमा थप प्रयोगात्मक शिक्षा लिदै रोजगार सहित आम्दानी गर्ने राम्रो अवसर सृजना गरेको भन्दै नेपाली विद्यार्थीहरुले पनि योग्यता अनुसारको काम बिदेशमा गर्न सक्छन् भन्ने संदेश समेत यस्ले दिनेछ उनले बताए ।

कार्यक्रममा बोल्दै आइ म्याक जापानका सि इ यो यामागुची यासिहितोले भने अहिले पनि हाम्रो कम्पनीमा पाँच सय भन्दा बढी नेपाली इन्जिनीयरहरु कार्यरत छन् कम्पनीलाई आवस्यक थप नेपाली इन्जिनियरहरु प्रत्येक बर्ष लैजाने गरि यो सम्झौता भएको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू