चितवन – भरतपुरमा खोलामा डुबेर २७ बर्षिय युवकको मृत्यु डुबेर एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २८ सालवास बस्ने २७ वर्षीय किरण मगरको राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।
शनिबार बेलुकी ५ बजेको समयमा राप्तीमा डुबिरहेको अवस्थामा स्थानीय डुंगा चलाउने व्यक्तिले फेला पारी मगरको उद्धार गरेका थिए ।उपचारको लागि भरतपुर अस्पताल पठाएकोमा बेलुकी ५ः३५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी बिजयराज पण्डितले जानाकारी दिए।