भरतपुर – भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिट हुने भएको छ ।
स्मेल हेभनको आयोजनामा मंसिर ३० गतेदेखि ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ नवौं संस्करणको एथ्लेटिक्स मिट हुन लागेको हो । पौष २ गतेसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका ३० भन्दा बढी संस्थागत विद्यालय सहभागी हुनेछन् ।
सहभागी खेलाडीहरुले बिभिन्न १२ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ एक सय, दुई सय, चार सय, पाँच सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछन् । यस्तै एक सय मिटर रिले, चार सय मिटर रिले, सट पुट, लङ्ग जम्प, ट्रिपल जम्प र टग अफ वार पनि हुने विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै महिलातर्फ एक सय, दुई सय, चार सय, पाँच सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछ । यस्तै एक सय मिटर रिले, चार सय मिटर रिले, सट पुट, लङ्ग जम्प, कबड्डी र बास्केटबल हुनेछ । यी खेलहरुमा महिला र पुरुष दुबैतर्फ १२-१२ स्वर्ण, १२-१२ रजत र २४-२४ कास्य गरी कुल ९६ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
न्यौपानेका अनुसार विद्यालयले हरेक दुई-दुई वर्षमा यस प्रतियोगिया आयोजना गर्दै आएको छ । उहाँले यो चितवनमा विद्यलाय स्तरमा हुने खेलकुद प्रतियोगिताकै नमूना भएको समेत दाबी गर्नुभयो ।
![](https://i0.wp.com/a2zsamachar.com/wp-content/uploads/2024/11/WhatsApp-Image-2024-11-19-at-2.45.30-PM.jpeg?fit=768%2C768&ssl=1)
![](https://i0.wp.com/a2zsamachar.com/wp-content/uploads/2024/11/ismt-chitwan-500x500px.gif?fit=500%2C500&ssl=1)