उद्यमशीलता किन विषयक अन्तरक्रियात्मक कार्यक्रम

एटुजेड समाचार

भरतपुर – भरतपुर ९, रहेको गुरुकुल स्कुलले शैक्षिक क्रियाकलापका अतिरिक्त अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ। उद्यमशीलता किन भन्ने विषयमा आयोजित उक्त कार्यक्रममा भरतपुरको बोस्टन बिआइसी स्टार्टअप्स प्रमुख र उद्यमशीलता विषयका प्राध्यापक श्री प्रेमनाथ गैरेज्यूले विषय विज्ञका रुपमा सहजीकरण गर्नुभएको थियो।

विद्यार्थीहरूलाई पढाइको अतिरिक्त विविध क्रियाकलापहरूमा पनि समावेश गराउने हेतुले आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ११ मा अध्ययनरत करिब १२० जना विद्यार्थीहरु सहभागी भएका थिए।

कार्यक्रममा उद्यमशीलताको विषयमा मुख्यतया तिनवटा सन्दर्भमा चर्चा गरिएको थियो: उद्यमशीलता भनेको के हो? उद्यमशीलताको विश्व परिवेश एवम् नेपालको परिवेशका केही दृष्टान्तहरु, र उद्यमशीलता विषयमा किन चासो राख्ने भन्ने विषयमा गहन छलफल भएको थियो।

उद्यमशीलता किन भन्ने विषयमा विद्यार्थीहरुलाई उद्यम कसरी सुरु गर्ने भन्ने ज्ञान र सिप सिक्न, नवउद्यमको व्यवसायिक योजना कसरी बनाउने, व्यवसाय दर्ता कसरी गर्ने, आफ्नो व्यवसाय लगानीकर्ता माझ कसरी प्रस्तुत गर्ने, बिउ-पुँजी कहाँकहाँबाट प्राप्त गर्न सकिन्छ, उद्यमीहरुले के-कस्ता कार्यक्रममा भाग लिएर अगाडि बढ्न सक्छन लगायतका विषयमा छलफल भएको थियो उद्यमशीलतामा लाग्दाखेरि उद्यमीहरूलाई के कस्ता फाइदाहरु हुन्छन् भन्ने कुरामा उक्त कार्यक्रम केन्द्रित रह्यो।

व्यवस्थापन सङ्काय दिवा सत्र प्रमुख सुशील रेग्मीले सञ्चालन गरेको कार्यक्रममा पूर्व सह प्राचार्य जे न लामीछाने र गणित विषयप्रमुख विनोदखण्ड तिमिल्सिनाको उपस्तिथि थियो। ११ कक्षाका कक्षा प्रतिनिधिबाट विज्ञ प्रेम गैरेलाई मायाको चिनो प्रधान गरिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू