चितवन – भरतपुरको पर्साढाप स्थित काजिमान निम्न माध्यमिक विद्यालयमा सरसफाइका सामग्री सहयोग भएको छ ।
रोटरी क्लब अफ नारायणगढले क्लबको स्थापना दिवसको अवसरमा डिष्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद धोजु र क्लबका अध्यक्ष भोलानाथ लामिछानेले वास कार्यक्रमअन्तर्गत सो सामग्री सहयोग गरेका हुन् ।
समुदायको सेवा गर्न र खाँचोमा परेकाहरूको जीवन सुधार गर्न प्रतिबद्ध भएको संस्था रोटरी क्लब अफ नारायणगढले काजिमान निम्न माध्यमिक विद्यालयका २१४ विद्यार्थी र १४ शिक्षकलाई प्रत्यक्ष फाइदा पुग्ने गरी दुई लाख रुपैयाँ बराबरका सामग्रीहरू हस्तान्तरण गरेको छ । यस कार्यबाट विद्यालयको खानेपानी, सरसफाइ सुविधा सुधार गर्न, विद्यार्थी र शिक्षकको लागि स्वस्थ तथा सुरक्षित वातावरण सुनिश्चित गर्न मद्दत गर्ने क्लबको विश्वास छ । यस कार्यक्रम समुदायमा सकारात्मक प्रभाव पार्न क्लबले गरेका धेरै पहलहरू मध्ये एक भएको क्लबका सचिव सेवन पन्तले जानकारी दिए ।
कार्यक्रममा क्लबको वर्ष २०२४\२५ का लागि निर्वाचित अध्यक्ष यज्ञमुनि बज्राचार्य, मनोनित अध्यक्ष तारानाथ पाठक, प्रथम उपाध्यक्ष गुणेश्वरप्रसाद महतो, एसिस्टेन्ट गभर्नर दिनुप बराल, डिष्ट्रिक्ट सेक्रेटरी दिनेश मानन्धर, निवर्तमान अध्यक्ष नगेन्द्रप्रसाद श्रेष्ठलगायत क्लबका सदस्य तथा रोट¥याक्टर तथा इन्ट¥याक्टरहरूको उपस्थिति रहेको थियो ।