चितवन – चितवनमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा नियन्त्रणमा पत्रकारको भूमिका तथा महिला पत्रकारहरुसँग अन्तरक्रिया’ कार्यक्रम भएको छ । आज (बुधवार) भरतपुरमा माइती नेपाल, हाम्रो भरोसा नेपाल चितवन र चितवन सक्रिय महिला प्रतिष्ठानको संयुक्त आयोजना सो कार्यक्रम भएको हो।
कार्यक्रमका प्रमुख अतिथी पत्रकार महासंघको केन्द्रीय सचिव सिर्जना अर्यालले लामो समयदेखि आफूहरुले हिंसाको विषयमा कलम चलाउँदै आएपनी समाजमा हिंसाका घटना न्युनिकरण हुन नसकेको बताईन् ।
पछील्लो समय हिंसाका घटनामा राजनीतिक दलहरुले घटनाको ढाकछोप गरेर पत्रकार महिलाहरुले उठाएको विषयलाई जस नदिने प्रवृत्तिले गर्दा कमल चलाउन समस्या परेको बताइन् ।उनले ‘लैङ्गिक हिंसा अन्त्यका लागि पुरुषको पनि सहभागिता रहन आवश्यक रहेको बताउछिन् ।
त्यस्तै पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य तथा पत्रकार शान्ता अधिकारीले पछिल्लो समय हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएको बताईन् । पछिल्लो मानव बेचखिनमा महिलाको सहभागिता बढी हुँदै गएको समेत बताइन् ।
यस्तै पत्रकार शान्ता अधिकारीले बेचबिखन तथा लैँङ्गिक हिँसाका विषयमा कलम चलाउँदा, आवाज उठाउँदा पछि आफूले माफी माग्नु पर्ने अवस्था रहेको बताइन् । हिंसाकाका समाचार आफुले लेख्यो । प्रहरी र अदालतमा पुगिसक्दा राजनीतिक दलहरुले घटनाको ढाक छोप गर्छन् । पीडितले न्याय पाउँदैन । पछि आफैँ गएर माफी माग्नु पर्छ । उनी भन्छिन् ।
माइती नेपालका जिल्ला संयोजक ईश्वर गिरीले मानव बेचबिखन तथा लैँङ्गिक हिंसाका अन्त्यका लागि लामो समयदेखि आफुहरु सकृय रुपमा काम गरिरहेको बताए । घरको आर्थिक स्थिती कमजोर, गरीबीका कारण मानव बेचबिखन तथा लैँङ्गिक हिँसाका घटनाहरु हुने गरेको बताए ।
हाम्रो भरोसा नेपाल चितवनको अध्यक्ष सिन्धु ढकालले विषयवस्तुको उठानसँगै चितवनमा भएका मानव बेचखिन तथा लैंङ्गिक हिंसाको बारेमा जानकारी दिइन् । उनले हिंसामा परेका व्यक्तिहरु पछी समाजमा सुरक्षित कसरी रहन सक्छन् त भन्ने बिषयमा ध्यान जान जरुरी रहेको बताईन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले जिल्लामा यस आर्थिक वर्ष २०८०- ८१ को हालसम्ममा मानव बेचबिखनका घटनामा जाहेरी एउटा पनि नआएको बताईन् ।
उनले बेचबिखन भएर पनि पीडितका परिवारले जाहेरी दिन नआएको कारण जाहेरी दिनेको संख्या शून्य रहेको सुनाइन् । आर्थिक वर्ष २०७९\८० मा भने ७ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएको उनको भनाइ छ ।