संघीयता राम्रोसँग चले देश विकास हुन्छ : सभापति देउवा

एटुजेड समाचार

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले संघीयतालाई राम्रोसँग चलाउन सके देशको विकास हुन सक्ने धारणा राखे ।

फरक प्रसंगमा उनले दलको एकल बहुमत आउन गाह्रो रहेको बताए । तर, नेपाली कांग्रेस एकजुट हुन सके बहुमत आउन समस्या नभएको उनको दाबी छ ।“एउटा पार्टीको मात्र बहुमत ल्याउन अलि गाह्रो छ । तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ । बहुमत ल्याए कांग्रेसले चाहे जसरी काम गर्न सक्छ,” देउवाले भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू