काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५०रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा आजको मूल्य २ हजार ४०० रुपैयाँले कम हो ।