काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजालले धरौटीबापत बैंक ग्यारेन्टी राख्ने तयारी गरेका छन् ।
पाटन उच्च अदालतले १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि रिजालका सहयोगी सोमबार अपरान्ह बैंक ग्यारेन्टी देखाएर अदालत पुगेका छन् ।
तर, समय पर्याप्त नभएको भन्दै उनलाई मंगलबार बिहान आउन भनिएको छ । स्रोतका अनुसार टोपबहादुर रायमाझीका छोरा सन्दीपले सोमबार अपरान्हसम्म धरौटी बुझाएका छैनन् ।
सन्दीपका आफन्त मंगलबार बिहान अदालत पुगेर बैंक ग्यारेन्टी देखाउने तयारीमा रहेको बुझिएको छ । सन्दीपसँग ३० लाख रुपैयाँ धरौटी मागिएको थियो ।
यो प्रकरणमा अदालतले धरौटी माग गरेकामध्ये शमशेर मियाँ, रामशरण केसी र नरेन्द्र केसीले उक्त रकम बुझाएका छन् । तर, सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी भएकाले प्रहरीले उनीहरुलाई त्यहाँ बुझाएको छ ।