शेयर बजार लगातार घट्दो क्रममा

एटुजेड समाचार

काठमाडौँ – लगातार छैटौं दिन पनि शेयर बजार घटेको छ ।

साताको दोस्रो दिन नेप्से परिसूचक ३.४२ अकंले घटेर १८४७.८१ बिन्दुमा बन्द भएको छ ।

सोमबार बजारमा ३८ लाख ९६ हजार २८७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार रुपैयाँको कारोबार भएको हो । अघिल्लो दिन आइतबार मात्रै ७ अंकले घटेको बजारमा ९६ करोड ४० लाख १० हजार रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, समाज लघुवित्त वित्तीय संस्था, एनएमबी डेबेन्चअर८.५० र तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वाधिक नाफा कमाएका छन् भने एनआरएन इन्फास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेड नकारात्मक सकिर्टसाथ सर्वाधिक घाटामा रहेको छ । त्यसैगरी, कारोबारको आधारमा सोनापुर मिनरल्स एण्ड आयल ७ करोड ४६ लाख रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

सोमबार बजार पूँजीकरण २८ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू