विभिन्न कार्यक्रम गरि गुरुकुल माध्यमिक विद्यालयले मनायो २७ औँ वार्षिकोत्सव

एटुजेड समाचार

चितवन – गुरुकुल माध्यमिक विद्यालयले आफ्नो २७औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । वार्षिकोत्सवका कार्यक्रमहरु अन्तर्गत शुक्रवार दोस्रो संस्करणको जिल्लास्तरीय अन्तरविद्यालय गुरुकुल रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका निमित्त प्राचार्य प्रतिक ढकालले उद्घाटन गरेको कार्यक्रममा शैक्षिक निर्देशक सिर्जन अविरल, दिवा तथा बिहानी व्यवस्थापन कार्यक्रम संयोजक लगाएत शिक्षकको उपस्थिति थियो भने स्वागत मन्तब्य विज्ञान कार्यक्रम संयोजक सुशील रेग्मीले दिएका थिए । उक्त प्रतियोगितामा जिल्लाका विभिन्न २९ माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

पहिलो चरण अर्थात् छनोट चरणबाट ११ ओटा विद्यालयहरूको समूह मात्र दोस्रो चरणमा प्रवेश भइ प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतियोगितामा विज्ञान (भौतिक, रसायन, जीव), गणित, खेलकुद र करेन्ट अफेयर गरि नौ राउण्डमा सम्पन्न गरिएको थियो। दोश्रो संस्करणको प्रतियोगिताको इन्टरनेशनल इङ्लिस मोडल स्कूल प्रथम, स्काइराइडर मावि द्वित्तीय तथा चितवन मावि तृतीय भएका छन्।

प्रथम स्थानका लागि इन्टरनेशनल इङ्लिस मोडल स्कूल र स्काइराइडर माविको बराबरी अंक आएपछि टाईब्रेकर मार्फत उपाधि इन्टरनेशनल इङ्लिस मोडल स्कूलले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो। उक्त कार्यक्रम गुरुकुल माविका रसायनशास्त्र विभागीय प्रमुख तथा निवर्तमान सह–प्राचार्य जेएन लामिछानेले संचालन गरेका थिए । उत्कृष्ट तीन विद्यालयहरूलाई गुरुकुलको वार्षिकोत्सवको दिन आइतबार ट्रफी प्रदान गरिएको छ । गुरुकुलले आफ्नो रजत महोत्सवबाट यस प्रतियोगिताको सुरुवात गरेको हो।

त्यसैगरी, गुरुकुलले वार्षिकोत्सवको अवसरमा जुनियर रेडक्रस सर्कलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको विद्यालयकी रेडक्रस शिक्षक नायक सानु गुरुङ्गले जानकारी दिइन् । उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीयले गरी २९ जनाले रक्तदान गरेका थिए भने कार्यक्रमको उद्घाटनमा शिक्षक अशोक ढकालले रक्तदान गरेका थिए।

गुरुकुलले मंसिर १६ गते वडा नं ९ अन्तर्गतका विभिन्न महिला समूहहरू बीच अन्तर महिला समूह हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। जसमा शिवमार्ग विजय महिला समूह प्रथम, हितैषी महिला समूह द्धितिय र संस्कृति महिला समूह तृतीय भएका थिए।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा भएको विद्यालयको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोहमा निमित्त प्राचार्य प्रतिक ढकालबाट संस्थाको कार्यप्रगति र भावी योजना, उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्ने विद्यार्थीलाई सम्मान, सांस्कृतिक कार्यक्रम र फुड फेस्टिबल गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रेश शाहबाट औपचारिक कार्यक्रमको समापन गरिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू