काठमाडौं – इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ‘७०० जनाले ज्यान गुमाएका’ छन् । अस्थायी युद्धविराम सकिएसँगै इजरायलले आक्रमणलाई थप सशक्त बनाएको छ ।
गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकले २४ घण्टामा इजरायली आक्रमणबाट ७०० भन्दा धेरै मारिएको बताएको अल्जजिराले जनाएको छ ।
यता इजरायली सेनाले दक्षिणी गाजातर्फको खान युनिसका बासिन्दालाई ठाउँ खाली गर्न भनेको छ ।आज बिहान मात्र इजरायली सेनाको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।