आज ७.२९ अंकले घट्यो नेप्से

एटुजेड समाचार

काठमाडौं – सातो पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य ०.३९ प्रतिशतले घटेको छ । नेप्से ७.२९ अंकले घटेर १८५१.२३ को विन्दुमा झरेको छ ।

यस दिन २९३ धितोपत्रका ३४ लाख १९ हजार ७३ कित्ता सेयर ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सेन्सिटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ३५४.४३ को विन्दुमा झरेको छ ।

१३ मध्ये १२ उपसमूहको समूहगत सूचक घटेको छ । माइक्रोफाइनान्स उपसमूहको समूहगत सूचक भने बढेको छ ।

थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.६३ र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.०४ प्रतिशतले बढेको छ ।

माउन्टेन इनर्जी नेपाल र युनाटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू