काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन्।
निरीक्षणपछि नेपाली समुदायको हितमा भए गरेका कामकारबाहीको जानकारी लिएका हुन्। राजदूतावासलाई सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यहाँ रहँदा प्रधानमन्त्री १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुनेछन्। उनले १६ गते सम्मेलनलाई सम्बोधन गर्नेछन्।