नवलपुर – चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पशु चिकित्सा सब्कायतर्फ लिएको स्नातक तहको प्रवेश परीक्षामा नवलपुरका दिवेशप्रसाद पौडेलले एक नम्बरमा नाम निकालेका छन् ।
रामपुरले लिएको विभिएस्सी’ को प्रवेश परीक्षामा नवलपुरको गैँडाकोट–१ का पौडेलल सबै ¥याब्क १ मा नाम निकाल्दै नेपाल प्रथम भएका हुन् । नर्सरीदेखि कक्षा १० सम्म गैँडाकोट–१ को श्री नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयमा अध्ययन गरेका
पौडेलले कक्षा ११ र १२ गैँडाकोट–२ को अक्सफोर्ड माध्यमिक विद्यालय (अक्सफोर्ड कलेज अफ इन्जिनीयरिब एण्ड म्यानेजमेन्ट)मा अध्ययन गरेका थिए ।
विश्वविद्यालयले प्रकाशित गरेको प्रवेश परीक्षाको नतिजाअनुसार पौडेलले कुल १०० अब्क प्राप्त गर्दै एक नम्बरमा नाम निकाल्न सफल भएका हुन् । रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशुचिकित्सा शब्कायको पाँच वषेर्को र्षका लागि पौडेलले पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल भएको अक्सफोर्ड कलेजले जनाएको छ ।
कलेजका प्राचार्य प्राध्यापक इन्जिनीयर हरि भण्डारीले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गरेका पौडेल सुरुदेखि नै अध्ययनमा समेत अब्बल रहेकाले पूर्णछात्रवृत्तिमा नाम निस्कदा कलेज परिवार हर्षित भएको बताए ।
कलेजले विद्यार्थीहरुलाई शैद्धान्तिकसँगै व्यवहारिक शिक्षासमेत प्रदान गर्दै आएको भण्डारीको भनाइ छ । विश्वविद्यालयमा एक नम्बरमा नाम निकाल्न सफल पौडेलले पशु चिकित्सक भएर ग्रामिण क्षेत्रमा बसेर सेवा गर्ने आफ्नो सपना रहेको बताए ।
आफ्नो सफलताको सम्पूर्ण श्रेय कलेज र विद्यालय परीवारको भएको भन्दै पौडेलले शिक्षकहरुको सहयोगका कारण नै आफू नेपाल प्रथम हुन सफल भएको बताए ।