चितवन – तेस्रो सँस्करणको ‘एक्सपर्ट वाल्मीकि फेस्ट–२०८०’ यही मंसिर २६ गतेदेखि हुने भएको छ । आयोजक इन्ट्रयाक्ट क्लव अफ वाल्मीकिले आज (आइतबार) एक विज्ञप्ती जारी गर्दै यही मंसिर २६ र २७ गते दुई दिन वाल्मीकि शिक्षा सदनको परिसरमा फेस्ट आयोजना गर्न लागेको जानकारी दिएको हो । युवा तथा बालबालिकाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले एक्सपर्ट वाल्मीकि फेस्ट–२०८० आयोजना गर्न लागिएको इन्ट्रयाक्ट क्लव अफ वाल्मीकिका अध्यक्ष सुदिश पौडेलले जानकारी दिए ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवन मुख्य प्रायोजकको रुपमा रहेको यस कार्यक्रम २ दिनसम्म चल्ने छ । फेस्टमा हाजिरीजवाफ, वादविवाद, वक्तत्वकला, हस्तलेखन (अंग्रेजी/नेपाली), चित्रकला, श्रुतिलेखन, निबन्ध लेखन, गीत गाउने, नृत्य, नाटक, कविता लेखन र वाचन रहेन छन् । अध्यक्ष पौडेलले भने–‘यस्ता प्रतियोगिताले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने विश्वासका साथ यो प्रतियोगिता आयोजना गरेका हौं । दुई सय भन्दा बढी विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहने अपेक्षा रहेको छ ।’
वाल्मीकि शिक्षा सदनको २६ औं वार्षिकोत्सवको अवसर पारेर कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने गरि प्रतियोगिता आयोजना गर्न लागिएको हो । वाल्मीकि शिक्षा सदनले यही मंसिर २९ गते २६औं वार्षिकोत्सव समारोह मनाउँदै छ । त्यसैको छेकोमा प्रतियोगिता यही मंसिर २६ र २७ गते वाल्मिकी शिक्षा सदनको आफ्नै भवनमा प्रतियोगिता गर्न लागिएको प्रतियोगिताकी संयोजक दिपिका घिमिरेले जानकारी दिइन् ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि यही मङ्गसिर २२ गते साँझ ५ बजे भित्रमा टिम दर्ता गराउनुपर्ने हुन्छ । त्यसका लागि सुदिश पौडेलः ९८४९१९५४३ र पुजन ढकाल (९८६१३५८९७० लाई सम्पर्क गर्नुपर्ने हुन्छ । टिम दर्ता शुल्क एक टिम बराबर रु २५०० रहेको छ । प्रतियोगिताको विजेता टोलीलाई रु.१५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, प्रदान गरिने छ ।
वाल्मीकि फेस्ट–२०७८ र वाल्मीकि फेस्ट–२०७९’ दुवै कार्यक्रम निकै भब्यताका साथ सम्पन्न भएको थियो । सोहीबेला यस कार्यक्रमलाई रनिङ शिल्डको रुपमा घोषणा गरिएको इन्ट्रयाक्ट क्लव अफ वाल्मीकिका निवर्तमान अध्यक्ष कुशल लामिछानेले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी भन्छन्,–‘सामाजिक उत्तरदायित्व वहन गर्दै हामीले विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनुको साथै सहकार्य गर्दै आइरहेका छौं । विगतदेखि नै शैक्षिक क्षेत्रलाई सहयोग गर्दै आइरहेकोमा यसपटक युवा विद्र्याीहरुलाई शैक्षिक गतिविधिमा अगाडि बढाउन वाल्मीकि फेस्ट प्रतियोगितामा सहकार्य गरेका हौं । आगामि दिनमा यस खालका प्रतियोगिता अगाडि बढाउन हामी सधै तत्पर रहने छौं ।’
यस प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजको टोली विजयी भएको थियो भने दोस्रो संस्करणमा नारायणी नमुना विद्यालय भरतपुर विजयी भएको थियो ।