सिरहामा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गयाे, एक जना घाइते

एटुजेड समाचार

सिरहा – सिरहा नगरपालिका–१९ सन्हैठामा बुधवार हिजाे दुई वटा मोटरसाइकल ठाेक्किँदा तीन जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

स २ प ४५३१ र ‍प्रदेश २–०१–००१ प १८५० नम्बरका मोटरसाइकल ठाेक्किँदा सिरहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहकाे ज्यान गएकाे हाे ।

दुवै माेटरसाइकलका चालकले हेलमेट नलगाएका पाइएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गए राति नै विराटनगर लगिएको जानकारी दिनुभयाे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू