भरतपुरमा बोराभित्र पोको पारेको अवस्थामा महिला र पुरूषको शव फेला

एटुजेड समाचार

चितवन – चितवनको भरतपुरमा बोराभित्र पोको पारेको अवस्थामा दुई जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो

अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको प्रहरीले जनाएको छ। खोलामा माछा मार्न पुगेका एक स्थानीयले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ। शवको सनाखत हुन बाँकी छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू