काठमाडौँ – गायक यश कुमारले क्यानडाबासी नेपाली नचाएका छन् । अक्टोबर १८ मा क्यानडाको मिसिसागामा आयोजित ‘सहयात्रा साँझ’मा उनले दर्शन बढी गीतसंगीत पस्किएका थिए ।
मिसिसागास्थित औताक पार्टी प्यालेसको हलमा आयोजित कार्यक्रममा यसकुमार आउने भनेर क्यानाडाको टोरन्टो, ब्राम्टन र मिसिसागा शहरमा रहेका नेपालीहरुको ओइरो लागेको थियो । स्टेज चढ्ने बित्तिकै संसारको जुनसुकै स्थानमा बसोबास गरे पनि नेपाली गीतसंगीतलाई माया गर्न आह्वान गर्दै प्रस्तुति सुरु गरेका यशकुमारले अन्तिमसम्मै दर्शकस्रोतालाई मनोरञ्जन दिलाउन सफल रहे ।
क्यानडामा रहेका नेपाली समुदायमा नेपाली कला, संस्कृति जीवन्त राख्ने उद्देश्यले सहयात्रा नामक संस्थाले कार्यक्रमको आयोजना गरेको थियो । यो संस्थाले बेलाबोमा यस्तो कार्यक्रम गर्दै आएको छ ।