इलाममा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुग्याे

एटुजेड समाचार

काठमाण्डाै – इलामकाे रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुगेकाे छ । बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको उपचारका क्रममा ज्यान गएकाे हाे ।

हिजाे आइतवार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका–९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र त्यही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारका क्रममा ज्यान गएकाे हाे ।
दुर्घटनामा आइतवार बेलुकी वडा नं–९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै ज्यान गएकाे थियाे।

धनुषाको धारापानीबाट इलाम घुम्न गएका विद्यार्थीको टोली चढेकाे ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट खसेकाे हाे । दुर्घटनामा घाइते भएका ३३ जनाको अहिले बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्य दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका–२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेकाे छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू