गायक प्रकाश ढकाल कृष्णभिरमा मृत भेटिए

एटुजेड समाचार

धादिङ –  स्याङजा जिल्ला घर भएका गायक तथा सञ्चारकर्मी प्रकाश ढकाल धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ७ को कृष्णभिर नजिकै त्रिशूली नदी किनारमा मृत भेटिएका छन् । नदी किनारको ढुङ्गामा अडकिरहेको अबस्थामा आइतबार राती एक युवकको शव देखिएपछि प्रहरी र स्थानीयवासी रातीनै शव भएको ठाउँमा पुगेका थिए । शव रहेको स्थान निकै अप्ठेरो ठाउँमा भएकाले राती प्रहरीले शवको फोटो खिचेर पहिचानका लागि सामाजिक सञ्जालबाट अनुरोध गरेको थियो ।

सोमबार विहान घटनास्थल पुगेका ढकालका आफन्त र अन्य व्यक्तिले शव हराईरहेका प्रकाश ढकालको भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी नायव उपरिक्षक मदन बहादुर कुँबरले जानकारी दिए ।

घटनास्थलमा पुगेका राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सचिव स्याङ्जाका घनश्याम रिजाल, धादिङ मलेखु घर भएका प्रतिष्ठानका केन्द्रिय सदस्य भरत बराकोटी र ढकालका आफन्तले शव प्रकाशकै भएको पुष्टि गरेका हुन् ।

स्याङजा जिल्ला चापाकोट नगरपालिका वडा नम्बर ७ साखर घर भएका ढकाल मोडल,पत्रकार दोहोरी गितका गायक हुन । उनि मंसिर १ गते राती देखि हराईरहेको भन्दै उनको खोजीका लागि परिवारका सदस्य, आफन्त तथा चिनजानका व्यक्तिहरुले सामाजिक सन्जाल मार्फत आग्रह गरिरहेका थिए ।

हराईरहेका ढकालको मोवाईलको पछिल्लो लोकेशन गोर्खाको भुम्लिचोक फिस्लिङ देखाएको भन्दै उनको खोजी भईरहेको थियो । ढकाल धादिङको जोगिमारा आसपासबाट हराएको उनका परिवारका सदस्यहरुले वताएका छन दावी गरेका थिए ।
स्याङ्जाको वालिङबाट मंसिर १ गते काठमाण्डौं जान बसमा आएका ढकाल जोगिमारा आसपासमा बस रोकेपछि त्यहिँबाट हराईरहेको परिवारका सदस्यहरुले वताएका छन् ।

ढकाल हराएको खबर पाउनासाथ उनको खोजीका लागि सकृय भएर खटिरेहका प्रतिष्ठानका केन्द्रिय सदस्य धादिङका मलेखुका भरत बराकोटीले आइतबार राती शव भेटेपछि आफ्नो फेसबुक वालमा‘ जे नहुनु थियो भाई प्रकाश ढकाल शंकास्पद छ सत्य तथ्य खोज्न लाग्नेछु, तिम्रो आत्माले शान्ति पावोस, पापी कालले छिटो लानु रैछ र यति धेरै माया बसेको हिजो देखि खोजेको पाउन त पाए तर सकुशल पाउन सकिन दुःखद’ भनेर पोष्ट गरे पछि नदी किनारमा भेटिएको शव ढकालको हुन सक्ने अनुमान गरिएको थियो ।

शव ढकालको भएको पुष्टि भएपछि उनको मृत्यु नभई हत्या भएको हुनसक्ने धेरैले आशंका गरेका छन् । सामाजिक सन्जालमा ढकालको निधन प्रति श्रद्धाञ्जली दिनेको बाढी लागेको छ । ढकाल पछिल्लो समय हेर्नेकुरा डट कम अनलाइनमा आवद्ध भई पत्रकारितामा समेत कृयाशिल रहेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु