चितवन – भरतपुर महानगरपालिका २७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको छ । अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
बाघ एक आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको उनले जानाकारी दिए । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ ।
फाईल तस्विर