नेपाल जेसीसको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुने

एटुजेड समाचार

बुटवल  –  नेपाल जेसीसको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना हुने  भएको छ । महाधिवेशन मङ्सिर २८ देखि पुस २ गतेसम्म सञ्चालन हुने बुटवल जेसीसले सोमबार  पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महाधिवेशनमा देशभरबाट करिब २ हजार ५०० प्रतिनिधि रहने जनाइएको छ ।  नेपाल जेसीजका पूर्व अध्यक्ष जगतबहादुर पोखरेलले बुटवल जेसीसको ५० औँ वर्षको अवसरमा राष्ट्रिय जेसिजको महाधिवेशन गर्न लागिएको जानकारी दिए ।

उनले यसरी कार्यक्रम गर्नु बुटवलका लागि धेरै गर्वको कुरा भएको बताए । बुटवल जेसीसले यसभन्दा पहिला पनि दुईवटा राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको र यस पटकको महाधिवेशन पनि भव्यताका रूपमा नै सम्पन्न हुने महाधिवेशन निर्देशक समेत रहेका पोखरेलले बताए ।

महाधिवेशनलाई भव्य, प्रभावकारी र ऐतिहासिक रूपमा आयोजना गर्न सन् २००७ पछिका १५ जना पूर्व अध्यक्षहरु आयोजक समितिको संयोजक, १२ जना पदाधिकारी सहसंयोजक र ८० जना सदस्यहरू विभिन्न उपसमितिमा रहेका छन् । सन् २००७ अघिका १२ जना पूर्व अध्यक्षहरूको सल्लाहकार समिति र ३ सदस्यीय विशेष प्रमुख सल्लाहकार समिति समेत गठन गरिएको  छ ।  महाधिवेशन सम्पन्न गर्नका लागि करिब २ करोड ६५ लाख ५० हजार खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने महाधिवेशन भव्य रूपमा उद्घाटन गरिने जनाइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु