रुकुम पश्चिम जिप दुर्घटना : गम्भीर घाइतेलाई नेपालगन्ज रिफर
सुर्खेत – सोमबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा भएको जिप दुर्घटनामा परी गम्भीर घाइतेलाई नेपालगन्ज रिफर गरिएको छ । चौरजहारीस्थित मिसल अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरूलाई नेपालगन्ज रिफर गरिएको हो ।
गम्भीर घाइते चौरजहारी नगरपालिका–१३ की ४ वर्षीय डीला विक र सानोभेरी नगरपालिका–२ का १७ महिनाका बालक प्रतीक बुढालाई एम्बुलेन्समार्फत रिफर गरिएको हो । प्रतीकको दायाँ कुम भाँचिएको छ भने विष्टको टाउको र मुखमा गम्भीर चोट लागेको छ ।
तपाइँको प्रतिक्रिया