शैक्षिक भ्रमणमा गएको बस दुर्घटना अपडेट : २ को मृत्यु, एकै गाउँका ३२ जना घाइते

एटुजेड समाचार

विराटनगर – शैक्षिक भ्रमणका लागि गएको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकै गाउँका ३२ जना घाइते भएका छन्। भ्रमणका क्रममा (हिजो) इलामको कन्याम पुगेर फर्कंदै गरेको बस ना६ख ८४२४ नम्बरको बस बेलुका ५ बजे दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको हो ।

धनुषाधाम नगरपालिका ९ बाट आएको बस कन्यामबाट फर्कंने क्रममा इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी धनुषाधाम नगरपालिका- धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू